जनमतकी अनितादेवीलाई मन्त्री बनाउन अमनलाललाई फिर्ता बोलाइँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेका छन्।
प्रचण्डले जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउन मोदीलाई फिर्ता बोलाउने तयारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीकी अनितादेवीलाई आइतबार नै शपथ गराउने तयारी गरेको बताइएको छ । स्रोतका अनुसार शपथका लागि राष्ट्रपति कार्यालयमा समेत अनौपचारिक खबर पठाइएको छ। जनमत पार्टीका एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले आइतबार नै अनितादेवीलाई शपथ गराउने अनौपचारिक जानकारी गराएका थिए।



















