कांग्रेसलाई ओलीको प्रश्न– कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर?

प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई चेतावनी
वेलकम खबर
साउन २७, २०८०

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन्।

‘देशको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अहिले धेरै सिटसँग ऊसँग पार्लियामेन्टमा। अब यसको त मैले टिप्पणी गरिरहनु भएन। उहाँहरूले कसको पछाडि आफूलाई लगाउनुभएको हो,’ ओलीले भने, ‘के को पछि लाग्नुभएको होरु त्यो उहाँहरुले जान्ने कुरा हो। म केही पनि भन्दिन। मेरो कुनै कमेन्ट छैन।’

गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र, नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने होरु भनी प्रश्न समेत गरे।

‘नेपाली कांग्रेसका साथीहरूलाई म फेरि प्रश्न गर्न चाहन्छु–कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने होरु,’ ओलीले भने, ‘पछाडि पुच्छर चुप लागेर बसेको छ। अगाडि नेपाली कांग्रेस डोलायमान छ। त डोले, मेरो मन डोले भनेर गीत गाएर बसेको छ। त्यो उहाँहरूको मामिला हो। मेरो यसमा कुनै कमेन्ट छैन।’

अध्यक्ष ओलीले चार वटा मन्त्री लिएर साना दलको पछि हिँडुन्जेल कांग्रेसमाथि आफूहरूले टिप्पणी समेत नगर्ने बताए।‘तपाईंहरुलाई यसैगरी चार वटा मन्त्री लिएर साना पार्टीको पछि हिँडने रहर लागिन्जेलसम्म त्यो पूरा भइरहोस्। मेरो शुभकामना छ। तपाईंहरूलाई मन लागुन्जेल। लागेन भने बेग्लै कुरा हो,’ ओलीले भने।
संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाई थियो।अध्यक्ष ओलीले प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि चेतावनी दिए। प्रधानमन्त्री प्रचण्डले पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै नटिक्ने उल्लेख गर्दै उनले त्यस्ता कार्यमा नहौसिन पनि सरकारलाई आग्रह गरेका छन्।
अध्यक्ष ओलीले सांसद सुनिल शर्मालाई हत्कडी लगाएर सरकारले सर्वसाधारणलाई समेत आफूविरुद्ध नबोल्न तर्साएको आरोप लगाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*