नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको अध्यक्षमा धरेल,महासचिवमा मादेन निर्वाचित
काठमाडौ । नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको छैटौं अधिवेशनले अध्यक्ष हरि प्रसाद धरेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेका छ ।
एसोसिएसनको वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्ष सुनार बहादुर गुरुङ,मनोनीत उपाध्यक्ष ल्हाक्पा शेर्पा, महासचिव सन्तोष मादेन,सचिब सुजित कँडेल,सचिव सन्जिब गुरुङ,कोषाध्यक्ष कान्छी डोल्मा ह्योल्मो,सह कोषाध्यक्ष प्रणिल मान श्रेष्ठ लाई निर्वाचित गरेको हो ।
त्यस्तै सदस्यहरुमा अशोक लामा,सदस्य रामकाजी तिवारी,सदस्य डोलेन्द्र राज दाहाल,सदस्य मनराज शिंखडा,सदस्य राजेश धरेल,सदस्य मन्जु गिरि,सदस्य शिव बहादुर सापकोटा निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोबिन्द भट्टराई र उप सल्लाहकार पि एन अधिकारी मनोनीत गरेको छ। खुल्ला सत्रको कार्यक्रमका प्रमुख अतिथि राखेप सदस्य सचिव टंकलाल घिसिङ्ग हुनुहुन्थ्यो भने बिशेष अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी हुनुहुन्थ्यो।
हरि प्रसाद धरेलको अध्यक्षतामा भएको खुल्ला सत्रको कार्यक्रमका प्रमुख अतिथि राखेप सदस्य सचीव टंकलाल घिसिङ्ग हुनुहुन्थ्यो भने बिशेष अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी हुनुहुन्थ्यो।अन्य अतिथिहरुमा गोबिन्द भट्टराई( माउन्टेन स्पोर्ट्स फेडेरेशन नेपाल ),धन बहादुर गुरुङ ( नेपाल पर्वतारोहण संघ ),नारायण अर्याल (राखेप, कानुन शाखा प्रमुख ),नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसन बागमती अध्यक्ष – कल्पना महर्जन, सुदुरपस्चिम अध्यक्ष-भरत बिक्रम शाह,कर्णाली प्रदेश अध्यक्ष -लक्ष्मी भट्टराई,गण्डकी प्रदेश अध्यक्ष – शेष कान्त शर्मा, KEEP का CEO-देबि पन्त,नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजाल, HRA Nepal का CEO,गोबिन्द बस्याल राखेप बोर्ड सदस्य प्रकाश कुमार कुसारी, नेपाल चेस संघका उपाध्यक्ष मोनालिसा खम्बु लगायत हुनुहुन्थ्यो।
नवनिर्वाचित कार्यसमितिका टिमलाई राखेप पुर्व सदस्य सचिव जीवनराम श्रेष्ठले खादा तथा अबिर लगाएर शुभकामना दिनुभएको थियो । सन् २०१२ मा स्थापित नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको छैटौं अधिवेशन आज काठमाडौंको बसुन्धरा स्थित गोधुली फुडल्याण्ड एन्ड इभेन्टसको सभाहलमा सम्पन्न भएको हो ।



















