ताप्लेजुङको सिरिजङ्गामा बन्यो साहित्यकला तथा संस्कृति संरक्षण समिति अध्यक्षमा थेवे
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा साहित्यकला तथा संस्कृति संरक्षण समिती गठन भएको छ । साहित्यकार रुकमान थेवेको अध्यक्षतामा १० सदस्यीय समिति गठन भएको हो । सो समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद अधिकारी सचिव भिमकुमार लिम्बू (मावो) सहसचिवमा राजकुमार लिम्बू कोषाध्यक्षमा लोजी लिम्बू चयन हुन भएको छ ।
त्यसैगरी सदस्यहरूमा आइतराज लिम्बु आइतराज लिम्बु (मावो)अञ्जान थेवे र चन्द्रकला पालुवा रहनु भएको छ । तदर्थ समितिले विद्यान निर्माणको लागि उपाध्यक्ष अधिकारी,शिक्षकहरु तेज भट्टराई र भुवानीप्रसाद बिष्ट लाई जिम्मेवारी तोकेको छ ।
त्यस्तै सो नवगठित समितिले सोमवार भाद्र २९ गते साहित्यीक कार्यक्रम गाँउपालिका उपाध्यक्षको कार्यकक्षमा आयोजना गर्ने निर्णय गरेको छ । सोमवार विद्यालय स्तारीय कविता र गजल प्रतियोगिता हुने र सो लक्ष्मीप्रसाद अधिकारी सरस्वती मा।वि प्र।अ, रुकमान थेवे तेल्लोक मा.वि प्र.अ, भुवानीप्रसाद बिष्ट सरस्वती मा.वि शिक्षक अबिलासी राज र तेज भट्टराई शिक्षकले कविता र गजल प्रस्तुती गरि कार्यक्रम समापन गर्ने कार्यक्रम रहेको समेत गाउँपालिका उपाध्यक्ष डा.चित्र मावोले जानकारी दिनुभयो ।



















