पहिचान देशको हितमा हुनुपर्छ : ओली (भिडियो सहित)
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिचान सकरात्मक र देशको हितमा हुनुपर्ने बताउनुभएको छ । २९ औँ विश्व आदिवासी दिवसको अवसरमा एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले घृणा फैलाउनका लागि पहिचानको कुरा गर्न नहुने बताउनु भएको हो ।
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहुन भएको ओलीले नेपाल विविधतासहितको देश रहेको भन्दै ओलीले त्यसलाई सम्पत्तिको रूपमा लिनुपर्ने बताउनुभयो । पहिचानलाई विकृत रूपमा हामीले लिनु हुँदैन । पहिचान सकरात्मक ढंगले लिनुपर्छ । पहिचान देशका हितमा हुनुपदर्छ । देशको हितका लागि पहिचान हो उहाँले भन्नुभयो देशमा समस्या खडा गर्नका लागि हाम्रो पहिचान हो र रु विभेद, असमानता, विद्वेशका लागि पहिचान नभएको उहाँको भनाई थियो ।
एमाले जहिले पनि नागरिकको समान हक र अधिकारका लागि लडेको ओलीको भनाइ थियो । उहाँले एमाले राष्ट्रिय एकताको पक्षमा दाबी गदै पहिचानलाई लिएर नागरिकमा घृणा फैलायो भने देश नै नरहने भनाई थियो यदि कुनै पनि हिसाबले हामीलाई जातका आधारमा, केहीका नाममा भावनामा बगाएर कसैले हामीबीचमा घृणा, विद्वेश फैलायो भने हाम्रो देश सकिन्छउहाँले भन्नुभयो ।
मुलुकमा विविधता हुनु स्वाभाविक भएको बताउँदै असमानता अन्त्य गर्नुपर्ने ओलीको भनाइ थियो । विविधतालाई कलहको विषय बनाउन नहुने उहाँको भनाई थियो ।
राज्यको कुनै जात, धर्म, नश्ल नहुने ओलीको भनाइ थियो । कुनै पनि धर्मको राष्ट्र नहुने उहाँले बताउनुभयो । राष्ट्र निष्पक्ष हुनुपर्ने बताउदै राज्यले सबै नागरिकप्रति समानताका अवधारणामा काम गर्नुपर्ने उहाँको भनाई थियो राज्य कुनै एउटा धर्म र जात विशेषको हुदैन उहाँले भन्नुभयो ।



















