ताप्लेजुङकी निर्मला लिम्बू बनिन फेरि स्वास्थ्य मन्त्री

वेलकम खबर
साउन २६, २०८०

विराटनगर ।  कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपाकी) निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी छिन् ।उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उनी जसपाकी जसपाकी एक्ली प्रदेश सांसद हुन । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एक/एक जना मन्त्री हुने पूर्व सहमतिअनुसार जसपाकी लिम्बूलाई नियुक्त गरेका हुन्। यसअघि थापाले काग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री बनाइसकेका छन् ।

तत्कालीन मुख्यमन्त्री हिकमतकुमार कार्की नेतृत्वको सरकारमा पनि लिम्बू स्वास्थ्य मन्त्री थिइन् । गत जेठ १७ मा उनले पदबाट राजीनामा दिएकी थिइन् ।पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रदेश सरकारले सार्वजनिक प्रतिबद्धता नजनाएसम्म सरकारमा सहभागी नहुने अडान लिँदै आएकी लिम्बू मुख्यमन्त्री थापाले आन्दोलनरत पक्षसँग वार्ता गर्ने आश्वासन दिएपछि मन्त्री बनेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*