सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

वेलकम खबर
साउन २६, २०८०

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सांसद डा. सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।जिल्ला अदालत काठमाडौंले डा. शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले ५ र ७ दिनको म्याद दिएको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

बिहीबार सीआईबीले शर्मा सहित महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो ।यस्तै शुक्रबार इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र  सुमेरु सिटी अस्पतालकी डा. पुनम थापा चौधरी पक्राउ परेका थिए ।

ब्युरोकी निर्देशक किरण बज्राचार्यले विगतदेखि नक्कली प्रमाणपत्र वाहक चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरतामा विभिन्न व्यक्तिहरु पक्राउ परेको बताइन् । स्रोतका अनुसार, ब्युरोले १५ जना चिकित्सकलाई निगरानीमा राखेको थियो । तीमध्ये ७ जना पक्राउ परेकामा शर्मालाई अदालतले थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*