युवा नै परिर्वतनको संवाहक हो : सुनिता डंगोल (भिडियो सहित)
काठमाडौ । काठमाडौं महानगरपालिका उपमेयर सुनिता डङ्गोलले आदिवासी जनजातिका समस्या समाधानका लागि गम्भीर छलफल जरुरी रहेको बताउनु भएको छ ।
२९औँ विश्व आदिवासी दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा उहाँले विश्वब्यापीकरणको असर आदिवासी जनजातिमा बढी परेको बताउनुभएको छ । उहाँले राजनीतिकरूपमा सबै समस्या समाधानका लागि आवश्यक छलफल गर्नुपर्ने बताउनु भएको हो ।
‘राजनीतिकरूपमा पनि आदिवासी जनजातिलाई अग्रभागमा देख्न सक्नुपर्छ र सधैं आदिवासी जनजातिको विषयमा सम्बोधन गरिरहँदा सुझाव दिने मात्र होइन एउटै टेबलमा बसेर छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्ने उपमेयर डंगोलले धारणा थियो ।
सामाजिक र राजनीतिकरूपमा आदिवासीका समस्या समाधानका लागि प्रयास हुनुपर्ने बताउदै उहाँले युवा नै परिवर्तनको संवाहक भएको दाबी गर्नुभयो ।

उहाँले सामाजिक सांस्कृतिक र राजनीतिकरूपमा आर्थिकरूपमा हरेक क्षेत्रमा साँच्चिकै परिवर्तनको आवास गर्ने हो भने र जनजाति आदिवासी हक अधिकारको लागि कार्यक्रम सँगसँगै विश्वव्यापीरूपमा पर्वको रूपमा मनाउने हो भने र यथार्तरूपमा महत्व झल्काउ युवा परिवर्तनको संवाहक हो र हुनु पनि पर्छ,’ डंगोलले भन्नुभयो । उहाँले विश्वब्यापी करणको कारण अरुको भाषा सिक्ने बहानामा आपनो मातृ भाषा नविर्सन समेत सवैलाई आग्रह गर्नुभयो ।



















