शिक्षा विद्येयकको ताप्लेजुङमा विरोध, गराए तीन निकायको ध्यानाकर्षण
ताप्लेजुङ । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संशोधन नगरेको भन्दै ताप्लेजुङका तीन निकायलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

आज निजी विद्यालयका सञ्चालक प्याब्सनले जिल्ला प्रशासन कार्यालय फुङ्लिङ नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइमा ध्यानाकर्षण पत्र बुझाएका हो ।विद्यालय शिक्षा सम्बन्धी विधेयक अगाडी बढाउँदा सरोकारवाला पक्षसँग छलफल नगरेको र निजी विद्यालयको अस्तित्व नै धरापमा पार्ने गरी विधेयक ल्याइएको भन्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।

विद्यालय शिक्षा सम्बन्धी विधेयक अगाडी बढाउँदा सरोकारवाला पक्षसँग छलफल नगरेको र निजी विद्यालयको अस्तित्व नै धरापमा पार्ने गरी विधेयक ल्याइएको भन्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।



















