रास्वपालाई प्रशासन चितवनको चेतावनी, आरएटी टिमले प्रयोग गरेको वाकिटकी छानविन हुने

वेलकम खबर
साउन २४, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका आर.ए.टी टिमले मुग्लिङ्ग–नारायणगढ सडक खण्डमा जाम परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न वाकिटकी सञ्चार साधन सहित खटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले रास्वपालाई चेतावनी दिएको छ ।

आज (बुधबार) जिप्रका चितवनले एक विज्ञप्ति जारी गर्दै अविरल वर्षका कारण मुग्लिङ्ग–नारायणगढ सडक खण्डमा भएको सडक अवरुद्ध हटाउन कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिईएको, लिन स्वीकृति नदिइएको बताएको छ ।

रास्वपाका कार्यकर्ताले प्रयोग गरेको वाकिटकी स्वीकृति र दर्तावाल हो होइन छानविन गर्नसमेत जिप्रकाले प्रहरीलाई निर्देशन दिएको विज्ञप्तिमा भनिएको छ ।

विपदका घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकाय लगायत राज्यका अङ्गहरु सक्षम रहेको बताउँदै जिप्रकाले सर्वसाधारण नागरिकबाट कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीको रुपमा जिल्ला स्थानीय विपद व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमामात्रै उद्धारमा खट्न सक्ने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*