संसद सुचारु गर्न सभामुखले बोलाए कार्यव्यवस्था बैठक

वेलकम खबर
साउन २४, २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक सुचारु गर्ने विषयमा छलफल गर्न कार्यव्यवस्था पराशर्म समितिको बैठक बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन विमानस्थल बाट समातिएको एक क्विन्टल भनिएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका बेला सभामुख घिमिरेले बिहान ११ः३० मा कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् ।

संसद भवन बानेश्वरमा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको आजको बैठक कसरी सञ्चालन गर्ने भन्ने तय गर्ने छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । साउन १० गते देखि प्रतिपक्षी एमालेले उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । मंगलबारको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट एक/एक जनाले धारणा राखेका थिए ।त्यसपछि गृहमन्त्रीले उठेका प्रश्नको जवाफ दिएपनि छानविन समिति गठनको प्रतिवद्धता सरकारबाट नआएको भन्दै एमालेले संसद अवरुद्ध गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*