संविधान कार्यान्वयन र लोकतन्त्रलाई बलियो बनाउन आदिवासी जनजातिको भूमिका महत्वपूर्ण छ : योगेश भट्टराई (भिडियो सहित)
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान कार्यान्वयन र लोकतन्त्रलाई बलियो बनाउन आदिवासी जनजातिको भूमिका उल्लेख्य रहेको बताउनुभएको छ । २९ औ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश ब्यक्त गदै उहाँले विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको स्मरण गदै संविधानले नेपाललाई समावेशी मुलुकको रुपमा स्थापित गरेको बताउनुभयो ।
उहाँले नेपाल बहुभाषी बहुजाति, बहुसांस्कृतिक मुलुक हो हाम्रो संविधानले सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग र क्षेत्रका समुदायलाई समावेशिताका आधारमा समान व्यवहार गर्ने र सबैको अधिकारलाई स्थापित गर्ने काममा संविधान अग्रगामी भूमिका खेलेको बताउदै सबैको प्रयत्नबाट संविधान बनेको उल्लेख गर्नुभयो .।
सचिव भट्टराईले २०२३ आदिवासी जनजाति दिवसको अवसरमा हामी संविधानतः प्राप्त गरेको सम्पूर्ण हक अधिकारलाई उपयोग गदै सुदृढ नेपालमा सामाजिक विभेद अन्त्य लैङ्गिक विभेद साथै समता मूलक सामाजिक न्यायमा आधारित न्यायमूलक नेपाली समाज निर्माण गर्ने अभियानमा जुटनु पर्ने र यसका निम्ति सम्पूर्ण आदिवासी दाजुभाइले सकारात्मक भूमिकाले मात्रै लोकतन्त्रलाई बलियो र संविधानलाई कार्यान्वयन गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली माटोमा खेल्दै आउनु भएको नेपाली माटोमै हुर्किएको आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै सभ्यता निर्माण गदै आउनु भएको आदिवासी जनजातिको प्रिय पाटी एमाले भएकोले साउन २५ गते विहीवार केन्द्रीय कार्यालयमा च्यासलमा हुने कार्यक्रम उपस्थित हुनका लागि समेत हार्दिक अपिल गर्नुभयो ।



















