संसद सुचारू गर्न एमाले सहमत, गृहमन्त्रीले संसदमा जवाफ दिने

वेलकम खबर
साउन २३, २०८०

काठमाडौं।  संघीय संसदको गतिरोध अन्त्य गर्न प्रमुख तीन दल सहमत भएका छन्। बालुवाटारमा मंगलबार बसेको सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्षनेताहरुबीच संसदको गतिरोध अन्त्य गर्न सहमत भएका हुन्।

एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै सदन अवरुद्ध पारेको प्रमुख प्रतिपक्षी दल एमाले अन्ततः सदन सुचारु गर्न सहमत भएको हो।

सुन तस्करीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सदनमा जवाफ दिने सहमतिसँगै एमाले सदनको अवरोध हटाउन सहमत भएको हो।बैठकपछि एमालेका सचेतक महेश बर्तौलाले मंगलबार बोलाइएको संसद् बैठकमा गृहमन्त्री श्रेष्ठले बोल्ने र बैठक पनि सञ्चालन हुने जानकारी दिए।

‘संसदमामान्यज्यूहरुले आफ्नो धारणा राख्नुपर्नेछ। बाढी पहिरोको समस्या छ। लम्पी स्किनका विषय छन्। तमाम विषयले सदन चलाउनुपर्ने छ। उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएको स्थिति हुँदाहुँदै पनि आज गृहमन्त्रीज्यूले केही कुरा बताउँछु भन्नु भएकाके छ। आज बैठक अघि बढ्नेछ। गृहमन्त्रीको जवाफ सुन्छौँ,’ उनले भने। मंगलबार अपरान्ह ३ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*