अधिबत्तालाई कारवाहीमा माग गदै ताप्लेजुङबाट सरकारलाई ज्ञापन पत्र
ताप्लेजुङ । विवादास्पद अभिब्यक्ति दिने अधिबत्ता भगवती पाण्डेलाई कारवार्हीको माग गदै ता प्लेजुङमा आदिवासी जनजातिहरुले सरकारलाई ज्ञापन पत्र वुझाइएको छ ।
मगर र तामाङ जातिमा दाजुबहिनीको विवाह हुन्छ भन्ने विषयमा आपत्तिजनक अभिब्यत्ति दिएको भन्दै कारवाहीको माग सहित प्रमुख जिल्ला अधिकारी गोमादेवि चेम्जाङ मार्फत सरकारलाई ध्यानाकर्षण पत्र वुझाइएको हो ।

विरोधको ब्यानर सहित गएका नागरिकहरुले प्रमुख जिल्ला अधिकारीलाई पत्र वुझाएका हुन । नेपाल मगर संघका जिल्ला अध्यक्ष गणेश वहादुर मगर र नेपाल तामाङ घेदुङका कार्यवाहक अध्यक्षले हस्ताक्षर गरेको ज्ञापन पत्र वुझाउन विभिन्न संघसस्थाले ऐक्यवद्धता जनाएका थिए ।





















