‘सीआइबी’ ले थाल्याे सुन प्रकरणको अनुसन्धान, एसपी थापा अनुसन्धान अधिकृत

वेलकम खबर
साउन २२, २०८०

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी) ले प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको कमाण्डमा टोली खटाएको छ ।

३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिउ विमानस्थलबाट भन्सार पास गरेर बाहिरिँदै गरेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सोही सुन प्रकरणको अनुसन्धान गर्न विभागको टोलीले आइतबार प्रहरीलाई जिम्मा दिएको हो । प्रहरीले अनुसन्धान जिम्मा पाए लगत्तै प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।सीआईबीले सुन प्रकरणको अनुसन्धान गर्न एसपी थापाको कमाण्डमा छुट्टै एक टोली गठन गरेर काम सुरु गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई सीआईबीले आफ्नै हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*