कोशी प्रदेशले दियो ताप्लेजुङको फुङलिङलाई दमकल र पिकपक

कोसी प्रदेश सरकार अहिले पनि काम चलाउ अवस्थामै छ : मुख्यमन्त्री थापा
वेलकम खबर
साउन २२, २०८०

विराटनगर । कोसी प्रदेशका सरकारले ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप भ्यान हस्तान्तरण गरेको छ । मुख्यमन्त्री उद्धव थापाले सोमवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप भ्यानको चाबी नगरपालिका मेयर अमिर मादेन र उपमेयर भिमादेवि ओझालाई हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यत्रम बोल्दै मुख्यमुन्त्री थापाले सरकार अहिले पनि काम चलाउ अवस्थामै रहेको बताउनुभएको छ । उहाँले राजनीतिक तरलता अन्त्य गर्दै दलहरु मिलेर अघि बढे सरकार स्थिर बन्ने भन्दै उहाँले यसको लागि सबै दल एक ठाउँमा उभिनु पर्ने बताउनु भएको हो ।
प्रदेशमा विपद् जोखिम कम गर्न अझ धेरै काम गर्न बाँकी रहेको भन्दै उहाँले स्थानीय तहलाई साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकारका तर्फबाट सहयोग निरन्तर हुने बताउनुभयो ।

राजनीतिक तरलता अन्त्य गर्दै दलहरु मिलेर अघि बढे सरकार स्थिर बन्ने भन्दै उहाँले  यसको लागि सबै दल एक ठाउँमा उभिनु पर्ने धारणा राख्नुभयो। प्रदेशमा विपद् जोखिम कम गर्न अझ धेरै काम गर्न बाँकी रहेको भन्दै उहाँले  स्थानीय तहलाई साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकारका तर्फबाट सहयोग निरन्तर हुने बताउनुभयो । ।

आन्तरिक मामिला मन्त्रालयका सचिव सुरेश राउतलेअत्यावश्यक केन्द्रले १४ जिल्लामा सेवा प्रदान गर्ने सरकारको योजनाअनुरुप सहयोगका कार्य अघि बढाइरहेको जानकारी दिनुभयो । ।फुङलिङ नगरपालिकालाई हस्तान्तरण गरिएको दमकल ७३ लाख ७५ हजार र पिकअप ३७ लाखमा खरिद गरिएको हालसम्म १६ ठाउँमा दमकल वितरण गरिएको राउतले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*