विवादास्पद छविका ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

वेलकम खबर
साउन २१, २०८०

काठमाडौँ ।वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका अभियोगमा पक्राउ पर्दै छुट्दै आएका पूर्वसांसद ल्हारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्‌को पछिल्लो बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो । सरकारले आफूलाई कोषको उपाध्यक्षमा मनोनीत गरेको लामाले बताए । उनले कान्तिपुरसँगको सम्पर्कमा भने, ‘मनोनीत भएँ । अब काम गर्ने हो ।’ लामाले व्यस्त छु भन्दै थप कुरा गरेनन् ।

माओवादी केन्द्रीय सदस्य रहेका लामाले आइतबार नै नियुक्तिपत्र बुझेका छन् ।

उनी २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भएका थिए । नियुक्तिलगत्तै दोहोरो नागरिकता र राहदानीको विषय उठेपछि उनले १० दिनमै मन्त्री पदबाट राजीनामा दिएका थिए । २०६४ सालको पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद बनेका लामा २०७० मा माओवादी प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद बनेका थिए । उनी २०५८ सालमा कांग्रेसबाट गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्ष बनेका थिए ।

लामा कहिले के बने ?

२०५८-२०६३ : अध्यक्ष, गुम्बा व्यवस्था तथा विकास समिति (कांग्रेसबाट)

२०६४ : सभासद् (एमालेबाट समानुपातिकमा)

२८ चैत २०६७ : राज्यमन्त्री नियुक्त (एमालेबाट)

५ कात्तिक २०७० : एकीकृत माओवादीमा प्रवेश

२५ माघ २०७१ : सभासद् (एमाओवादीबाट समानुपातिकमा)

२१ साउन २०८० : उपाध्यक्ष, लुम्बिनी विकास कोष

ल्हारक्याल लफडा

४ माघ: रिक्त पदमा हाम्रो पार्टीका तर्फबाट त्यस निर्वाचन आयोगसमक्ष बन्द सूचीमा नाम समावेश भएका ल्हारक्याल लामालाई निर्वाचित गरी पठाइदिन अनुरोध गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पत्राचार ।४ माघ: रिक्त पदमा हाम्रो पार्टीका तर्फबाट त्यस निर्वाचन आयोगसमक्ष बन्द सूचीमा नाम समावेश भएका ल्हारक्याल लामालाई निर्वाचित गरी पठाइदिन अनुरोध गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पत्राचार ।

१३ माघ: ल्हारक्याल लामाको नाम लार्केल लामा हुन गएकाले उक्त बन्द सूचीमा समावेश नामलाई संशोधन गरिदिन अनुरोध गर्दै निर्वाचन आयोगमा प्रचण्डद्वारा दोस्रोपटक पत्राचार ।

१४ माघ: ल्हारक्याल लामाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसमेत संलग्न गरी निर्वाचन आयोगलाई प्रचण्डको अर्को पत्र ।

२२ माघ: निर्णयका प्रतिलिपि र थप कागजातसहित ल्हारक्याल लामालाई निर्वाचित गरिदिन अनुरोध गर्दै एमाओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव हितराज पाण्डेद्वारा अर्को पत्र प्रेषित ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आफँैले तीन र केन्द्रीय कार्यालयका मुख्यसचिव हितराज पाण्डेले एउटा गरी चारपटक निर्वाचन आयोगलाई गरेको पत्राचारको शृंखला हो यो। यसले एमाओवादी नेतृत्वले ल्हारक्याल लामालाई सभासद् बनाउन गरेको कसरत र योजनालाई मात्रै दर्साउँदैन, उनको शक्ति र प्र भाव कुन हदसम्म छ भन्ने पनि स्पष्ट पार्छ।

लामालाई सभासद् नियुक्त गर्दा एमाओवादी नेतृत्वले सुरुमा केन्द्रीय कमिटीबाट निर्णय गराउनु आवश्यक ठानेन। त्यसैले २ माघमा प्रचण्डको अध्यक्षतामा बसेको वैचारकि बहस व्यवस्थापन समितिका नाममा पाँच जना नेताले गरेको निर्णय निर्वाचन आयोगलाई पठाइयो। त्यसैका भरमा आयोगले सभासद् नियुक्त गर्न  नमानेपछि एमाओवादीले केन्द्रीय कमिटीको निर्णयको प्रतिलिपि २२ माघमा पठायो।

५ कात्तिक ०७१ मा संविधानसभा अदालतले शम्भु हजारी पासवानको सभासद् पद खारेज गरेपछि रत्तिm पदमा लामालाई नियुक्त गरएिको हो। उनको नियुक्तिसँगै पार्टीभित्र र बाहिर एमाओवादी नेतृत्वको चर्को विरोध भएको छ। एमाओवादी पोलिटब्युरो सदस्य तथा रौतहट-३ का सभासद् प्रभु साहले २७ माघमा पत्रकार  सम्मेलन नै गरी असन्तुष्टि सार्वजनिक गरेका छन्।

लामालाई सभासद् बनाएपछि पार्टीभित्रको विरोध मत्थर पार्न प्रचण्ड र बाबुराम भट्टराईले गरेको प्रयास पनि उल्लेख्य छ। पत्रकार सम्मेलन गर्न लागेको जानकारी पाएपछि प्रचण्डले साहलाई फोन गरी भेट्न बोलाएका थिए। साहले व्यस्त भएकाले तत्काल आउन नसक्ने जवाफ फर्काए। लगत्तै उनलाई नेपालगन्ज पुगेका  नेता भट्टराईले पनि फोन गरे, ‘तपाईं अध्यक्षलाई भेट्न जानुपर्‍यो र पत्रकार सम्मेलन रोक्नुपर्‍यो।’ साह भन्छन्, “ठूलै चलखेलपछि मात्र उनलाई सभासद् बनाइएको छ। हाम्रा शीर्ष नेताहरू प्रभावमा परेको बुझ्न कठिन छैन। त्यो बुझेपछि मैले विरोध गरेको हुँ। तर, लामालाई व्यक्तिगत रूपमा चिन्दिनँ।”

स्थायी ठेगाना हेलम्बु-६, सिन्धुपाल्चोक भए पनि लामाले भारतका बौद्ध धर्मशालामा बाल्यकाल बिताएका हुन्। भारतबाटै उनले बौद्ध दर्शनमा विद्यावारििध गरे। पुस ०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले गुम्बा व्यवस्था विकास समितिको अध्यक्षमा नियुक्त गरेपछि लामा एकाएक सार्वजनिक पदमा देखिए।

एमाओवादीसँग सम्बन्ध

निर्वाचन आयोगले दलहरूलाई समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको सूची बुझाउन तोकिदिएको दिन ५ कात्तिक ०७० को बिहान मात्र लामा औपचारकि रूपमा एमाओवादीमा प्रवेश गरेका थिए। त्यस दिन एमाओवादीमा प्रवेश गर्ने लामा एक्ला थिएनन्। अघिल्लो संविधानसभामा नेकपा एमालेका तर्फबाट  सभासद् बनेकी लक्की शेर्पा पनि थिइन्। तर, लामाले यसरी बाजी मारे कि एमाओवादीको केन्द्रीय सल्लाहकार र सभासद् दुवै पद आफ्नो पोल्टामा पारे।

सिन्धुपाल्चोकका एमाओवादी पूर्वजिल्ला इन्चार्ज माधव सापकोटा, प्रचण्डका पूर्वसुरक्षा गार्डद्वय युवराज दुलाल र सरल सहयात्रीसँग पनि लामाको हिमचिम थियो। प्रायः उनीहरू दरबारमार्ग र ठमेलका ठूला होटलहरूमा देखिने गरेको एमाओवादी सिन्धुपाल्चोकका एक नेता बताउँछन्। माधव सापकोटा एमाओवादी स्थायी  समिति सदस्य तथा प्रचण्डनिकट नेता अग्नि सापकोटाका भतिजा हुन्।

स्रोतका अनुसार उनीहरूको निकटता प्रचण्डसँग भन्दा बढी पत्नी सीता र छोरा प्रकाशसँग छ। लामालाई प्रचण्ड परविारको सम्पर्कमा पुर्‍याउने पनि दुलाल र सहयात्री नै रहेको स्रोतको भनाइ छ। सहयात्री भने प्रचण्ड-लामा सम्बन्धमा आफ्नो भूमिका नभएको बताउँछन्। भन्छन्, “हामीले चिन्नुअघि नै अध्यक्षसँग लामाको  भेटघाट भइसकेको थियो।”

एमाले केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक-३ का सभासद् शेरबहादुर तामाङका अनुसार एमालेमा रहँदा पनि लामाले पटक-पटक माओवादी नेताहरूसँग आफ्नो घनिष्ट सम्बन्ध रहेको बताउने गरेका थिए। सशस्त्र द्वन्द्वकालमा माओवादी तहका नेताहरूलाई पटक-पटक बौद्धस्थित आफ्नो घरमा सेल्टर दिएको लामा  बताउँथे। “०६४ सालको संविधानसभा निर्वाचनमा एमाओवादीका पक्षमा लहर देखिएपछि लामा हडबडाएका थिए,” लामासँग निकट रहेर काम गरेका सिन्धुपाल्चोकका एक एमाले नेता भन्छन्, “समानुपातिकबाट एमालेले सभासद् बनाएपछि मात्र उनी शान्त भएका थिए।” तिनै नेताका भनाइमा, लामा एमाओवादी  सिद्धान्तमा सहमत भएर वा नेताहरूसँगको घनिष्ट सम्बन्धका कारणले होइन, विशुद्ध लाभकै लागि प्रवेश गरेको उनका व्यवहारबाट बुझिन्छ। स्मरणीय छ, एमालेले ०६४ सालमा समानुपातिक सभासद् बनेकालाई पुनः नबनाउने निर्णय गरेपछि मात्र लामा एमाओवादीमा गएका हुन्।

एमाओवादी पोलिटब्युरो सदस्य साह त लामालाई सभासद् बनाउनुमा निर्वाचन आयोगको समेत कमजोरी देख्छन्। उनको प्रश्न छ, “कानुनमा प्रस्टसँग मधेसको दलितका लागि भनेर छुट्याइएको कोटामा लामालाई किन निर्वाचन आयोगले सभासद् बनायो ?”

विवादित छवि

चैत ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भएका लामाले आफूलाई सुरक्षा ‘थ्रेट’ रहेको भन्दै रेकर्ड नहुने र अरूलाई फोन गर्दा नम्बर नदेखिने मोबाइल नम्बर माग गरेका थिए। त्यसप्रति गृह मन्त्रालयका अधिकारीहरूले शंका गरेपछि उनको विवादास्पद पृष्ठभूमिको खोजी हुन थाल्यो। विवाद  बढ्दै गएपछि एक महिना पनि नपुग्दै उनले राजीनामा दिए।

त्यतिखेर उनले नेपालबाट दुईवटा नागरकिता, भारतबाट रासनकार्ड र राहदानी तथा तिब्बती शरणार्थीको परचियपत्र लिएको आशंकामा छानबिन सुरु भएको थियो। नेपाल प्रहरीका महानिरीक्षक मातहत रहने गोप्य संरचना इन्टेलिजेन्स ब्युरोले उनका दैनिक गतिविधिबारे अनुसन्धान गरेको थियो। गृह मन्त्रालयको निदेर् शनमा गरएिको उक्त अनुसन्धानको प्रतिवेदनमा स्वतन्त्र तिब्बत अभियानका नेता तथा बौद्ध धर्मगुरु दलाई लामाका विशेष दूत लोङ्गी ग्यारी र हलिउड अभिनेता रचिर्ड गेरसँग पनि लामाको बाक्लो सम्पर्क रहेको उल्लेख छ।

उनले स्वतन्त्र तिब्बत अभियानबारे नेपालस्थित भारत र चीनका राजदूतावासमा सुराकी गररिहेको उक्त प्रतिवेदनले औँल्याएको थियो। तिब्बती शरण्ाार्थीसँग निकट रही शंकास्पद भूमिका खेल्ने गरेको तथ्य पनि अनुसन्धानबाट फेला परेको थियो। प्रहरीको उक्त प्रतिवेदनमा लामाले भारतबाट अर्को नाममा रासन कार्ड  लिएको समेत उल्लेख छ। रासन कार्ड भारतीय नागरकिता पाउने एउटा आधार हो। युरोपेली युनियन, अमेरकिालगायतसँग पनि उनको समान सम्बन्ध र सम्पर्क रहेको प्रहरी स्रोतको भनाइ छ। “कूटनीतिक नियोगका मानिससँग निकै हिमचिम भएको हामीले समेत पायौँ,” एमाले सभासद् शेरबहादुर तामाङ भन्छन्,  “अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो भएका मानिस हुन्, उनी।”

अर्थराज्यमन्त्रीबाट राजीनामा दिएपछि लामाको विषयमा जाँचबुझ गर्न न्यायिक आयोग नै गठन गरयिो, पुनरावेदन अदालतका पूर्वन्यायाधीश भोलाप्रसाद खरेलको नेतृत्वमा। उक्त आयोगमा समेत लामाको शंकास्पद भूमिकाबारे सूचनाहरू प्राप्त भएको तर छानबिनको क्षेत्राधिकार नभएकाले ती सूचना केलाउनतिर  नलागेको खरेल बताउँछन्। भन्छन्, “हाम्रो म्यान्डेट नभएकाले त्यतातिर छानबिन गर्ने कुरा भएन। विभिन्न प्रकारका सूचनाचाहिँ आएका थिए।” राष्ट्रियतासम्बन्धी विवादमा भने सरकारी निकायकै असहयोगका कारण सत्यतथ्य पत्ता लगाउन आयोग असमर्थ भयो

राजनीतिक फड्को

०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार सूचीमा परेपछि सोही पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक-३ का प्रत्याशी तामाङले पहिलोपटक लामाको नाम सुने। पार्टी राजनीतिमा आबद्धता र सांगठनिक सक्रियतामा कुनै योगदान नगरेका लामाको नाम  राज्यमन्त्रीका रूपमा आएपछि उनकै गृहजिल्ला सिन्धुपाल्चोकका एमाले नेता तामाङ आश्चर्यमा पर्नु त स्वाभाविकै थियो।

तामाङलाई त्यसभन्दा पनि अझ आश्चर्यमा पार्ने अर्को घटना भयो, त्यसको केही महिनापछि। लामाले तामाङलाई फोन गरी एमाले महासचिव ईश्वर पोखरेलकी श्रीमती मीरा ध्वजुलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य चयनमा सघाउन अनुरोध गरे। “कमरेड मीरा कृषि विकास बैंकको बोर्ड सदस्यमा उठ्ने  हुनुभएको छ। सहयोग गर्नुपर्छ है,” लामालाई उद्धृत गर्दैै तामाङ भन्छन्, “फोन पनि ईश्वर कमरेडको ल्यान्डलाइनबाट आएको थियो।” त्यसबेला तामाङ वाग्मती अञ्चल कमिटी सचिव थिए। जबकि, पार्टीमा लामाको भूमिका केही थिएन।

एमाले नेताहरूसँग उनको सम्पर्क भने काठमाडौँ महानगरपालिकाका प्राविधिक कर्मचारी गम्भीरलाल श्रेष्ठमार्फत भएको थियो। गुम्बासम्बन्धी जग्गाको कारोबार गर्ने क्रममा श्रेष्ठले एमाले नेता अमृत बोहरा र ईश्वर पोखरेलसँग लामालाई भेट गराएका थिए। त्यही सम्पर्कका आधारमा उनले भेटघाट बढाउँदै पार्टीको  सदस्यता लिन भ्याए। कतिसम्म भने लामालाई सदस्यता दिन एमाले नेताद्वय बोहरा र पोखरेल दुवै महाराजगन्जस्थित उनको निवासमै पुगेका थिए। “नेताहरूलाई घरमै बोलाएर सदस्यता लिनुको तात्पर्य शक्ति प्रदर्शनबाहेक अर्को देखिँदैन,” तामाङ भन्छन्।

यसअघि सिन्धुपाल्चोककै कांग्रेस नेता मोहनबहादुर बस्नेतको सम्पर्कले उनी कांग्रेस प्रवेश गरेर राजनीतिक नियुक्ति लिन सफल भएका थिए। एमाले प्रवेशपछि उनले तत्कालीन अध्यक्ष झलनाथ खनालको शयनकक्षसम्मै पहुँच बनाए। खनाल निवासमा पनि उनको बाक्लो सम्पर्क र सम्बन्ध श्रीमती रविलक्ष्मी चित्रकार र  छोरा निर्भीकसँग थियो। त्यसै गरी पछिल्लो समय प्रचण्ड पत्नी सीता र छोरा प्रकाशसँग नजिकिएका छन्। तामाङ भन्छन्, “नेताहरूले छोराछोरी र श्रीमतीले भनेका कुरा हम्मेसी काट्दैनन् भन्ने कला लामालाई राम्ररी थाहा छ। यस्तै कलाका कारण उनले शक्ति-राजनीतिमा फड्को मार्दै गए।”

ल्हारक्यालको उदय

जन्मः २०२१

स्थानः हेलम्बू, सिन्धुपाल्चोक

२०५८—२०६३

अध्यक्ष

गुम्बा व्यवस्था तथा विकास समिति

२०६४

सभासद्

एमालेबाट समानुपातिकमा

२८ चैत २०६७

राज्यमन्त्री

नियुक्त

९ वैशाख २०६८

राज्यमन्त्रीबाट

राजीनामा

भदौ २०६८

सदस्य

एमालेको संगठित

५ कात्तिक २०७०

प्रवेश

एमाओवादीमा

२५ माघ २०७१

सभासद्

एमाओवादीबाट समानुपातिकमा

यी हुन् ल्हारक्याल

हेलम्बु-६, सिन्धुपाल्चोकका ल्हारक्याल लामा सानो छँदा लेकाली भेगको चौँरी गोठमा बस्थे। चलाख स्वभावका लामाको अहिले पनि हेलम्बुको मेलम्ची घ्याङमा घरजग्गा छ। सानोमा उनमा अग्ला रूख चढ्ने, झगडा गर्नेजस्ता स्वभाव रहेको उनका दौँतरीहरू सम्झन्छन्। चौँरीको घिउ र छुर्पी बेचेर जीविका चलाउने  परविारमा हुर्केका उनले राजधानी छिरेपछि बौद्धस्थित धाप्साङ रम्िपोछे गुम्बामा बौद्ध धर्मसम्बन्धी अध्ययनको मौका पाए। करबि तीन वर्षपछि उनी भारतको कर्नाटकस्थित पेनोर रम्िपोछे गुम्बामा अध्ययन गर्न पुगे। त्यहाँका रम्िपोछेलाई पनि उनले गाउँ ल्याएका थिए। भारतबाट फर्केपछि उनले केही समय हेलम्बु क्षेत्रमा  बौद्ध दर्शनसम्बन्धी प्रवचन चलाए। हाल राजधानीको ठमेलको नरसिंहचोक र बौद्धमा घर छन्। तर, महाराजगन्जमा अर्कै घर भाडामा लिएर बसेका छन्।

हेलम्बु क्षेत्रमा पढेलेखेका मान्छे कम भएकाले सुरुमा उनलाई नेपाली कांग्रेसका नेताहरूले आफ्नो पार्टीमा भित्र्याए। भारतमा पढेर फर्केपछि उनी सिन्धुपाल्चोकका कांग्रेस नेता कान्छा लामाको सम्पर्कमा पुगे। बिस्तारै उनी कांग्रेस नेता मोहनबहादुर बस्नेत हुँदै खुमबहादुर खड्काकहाँ पुगे। त्यो सम्पर्कलाई प्रयोग गरी उनी  ०५८ सालमा गुम्बा व्यवस्था विकास समितिको अध्यक्ष पद हात पार्न सफल भए। भ्रष्टाचार मुद्दा चलेसँगै खड्काको राजनीतिक अवरोह सुरु भयो। त्यसपछि लामा एमालेमा पुगे। एमालेबाट समानुपातिक सभासद् भएपछि उनले आफ्ना नातागोतालाई पनि पार्टी प्रवेश गराए। अहिले उनी एमाओवादीमा प्रवेश गरे पनि  नातागोता भने एमालेमै छन्। एमालेले एकपटक समानुपातिकतर्फबाट सभासद् भइसकेकालाई नदोहोर्‍याउने मापदण्ड बनाएपछि उनी हतारहतार एमाओवादीमा प्रवेश गरेका थिए, ५ कात्तिक ०७० मा। उनका दौँतरी पासाङ तेम्बा लामा भन्छन्, “ल्हारक्याल सज्जन भन्ने होइनन् तर उनलाई यो हैसियत नेताहरूले दिएका  हुन्। नेता नै बिकेपछि कसको के लाग्छ ?”

– ऋषिराम पौड्याल/चौतारा

‘पार्टीले चुप लाग्नू भनेको छ’

— ल्हारक्याल लामा —

एमाओवादीको सिफारिसमा सभासद् बनेपछि पुनः चर्चामा आएका ल्हारक्याल लामाले पार्टीले चुप लाग्नू भनेकाले आफूले तत्काल कुनै प्रतिक्रिया नदिने बताएका छन् । अन्तर्वार्ताका लागि गरिएको नेपालको अनुरोधमा उनले भने, “मलाई अहिले पार्टीले चुप लाग्नू भनेको छ । त्यसैले म अन्तर्वार्ता दिन सक्दिनँ ।”

२७ माघमा फोन गर्दा भने उनी अन्तर्वार्ताका लागि तयार भएका थिए । उनले समय मिलाएर खबर गर्ने जानकारी पनि पहिलो कुराकानीमै दिएका थिए । त्यसपछि पटकपटक सम्पर्क भए पनि समय टार्दैटार्दै २९ माघमा उनले पार्टीको निर्देशनका कारण सञ्चारमाध्यममा बोल्न नसक्ने जानकारी दिएका हुन् ।

अधुरो छानबिन

दुईवटा नेपाली नागरकिता, भारतीय रासनकार्ड र राहदानी तथा तिब्बती शरणार्थी परचियपत्र लिएको भन्दै चर्को विवाद भएपछि ल्हारक्याल लामाले झलनाथ खनाल नेतृत्वको सरकारबाट अर्थ राज्यमन्त्रीबाटै राजीनामा दिनुपरेको थियो, ८ वैशाख ०६८ मा। तर, यी आरोप किनारा नलाग्दै उनी एमाओवादीबाट सभासद्  बनेका छन्। एमाओवादी प्रवक्ता दीनानाथ शर्माले २७ माघको विज्ञप्तिमा लामाले सफाइ पाइसकेको दाबी गरे पनि जाँचबुझ आयोगले छानबिन नै पूरा नभएको प्रतिवेदन दिएको छ।

९ वैशाख ०६८ मा पुनरावेदन अदालतका पूर्वन्यायाधीश भोलाप्रसाद खरेलको अध्यक्ष्ातामा गठित आयोगले अध्ययनमा दुई महिना खर्चेको थियो। सरकारी निकायहरूको असहयोगी व्यवहारका कारण अनुसन्धानलाई टुंगोमा पुर्‍याउन नसकेको प्रतिवेदनको निष्कर्ष छ।

आयोगले विदेशी राहदानी, रासनकार्ड र परचियपत्रको आधिकारकिता जाँचका लागि परराष्ट्र मन्त्रालयमार्फत सूचना माग गरेको थियो। दुईवटा नेपाली नागरकिता सम्बन्धमा गृह मन्त्रालयमार्फत मुलुकभरका जिल्ला प्रशासन कार्यालयको नागरकिता अभिलेख माग गरेको थियो। यसमा परराष्ट्र मन्त्रालय मौन बसिदियो भने  गृहले जिल्ला प्रशासन कार्यालयहरूमा पत्राचार गरेको जानकारी मात्र दियो। बारम्बार ताकेता गर्दा पनि परराष्ट्रले विवरण उपलब्ध गराउन अटेरी गरेपछि आयोगले तत्कालीन परराष्ट्र सचिव मदनकुमार भट्टराईलाई पाँच सय रुपियाँ जरविाना तिराउने निर्णयसमेत गरेको थियो। कारबाहीको पत्र प्राप्त भएपछि भट्टराईले  अनुसन्धानमा बाधा पुर्‍याउने मनसाय नराखेको भन्दै निर्णय सच्याउन अनुरोध गरेपछि आयोगले निर्णय रद्द गरेको थियो।

गृह मन्त्रालयले उनले ल्हारक्याल लामा, खेम्पो छिमे छिरङि, लामा छिमे छिरङि, मिस्टर वाङचुङ रम्िपोछे र लाकेल लामाका नामबाट नागरकिता र राहदानी लिए/नलिएको बारे जानकारी गराउन मातहत निकायलाई पत्राचार गरेको थियो। नेपाल प्रहरीले भारतीय प्रहरीको इन्टरपोल शाखालाई पत्राचार गरेको थियो। उक्त  शाखाले अनुसन्धान भइरहेको भन्दै केही दिन पर्खन आग्रह गरे पनि कुनै जानकारी पठाएन। “प्रयास धेरै गरयिो। नतिजा केही पनि दिन सकिएन,” खरेल भन्छन्।

आरोपका बारे आयोग

नाम: मिस्टर वाङचुक रिम्पोछे

नम्बर: ११२१५८८ -राहदानी)

जारी मिति: सन् २०००

ठेगाना: बौद्ध, ६ काठमाडौँ (पुष्टि भएन)

नाम: खेम्पो छिमे छिरिङ

नम्बर: ए २१२९८१२ (राहदानी)

जारी मिति: सन् १९९८

ठेगाना: गुवाहटी, भारत (जाँचबुझ गर्न सकेन)

नाम: छिमे छिरिङ

नम्बर: ८१२/९ (परिचयपत्र)

जारी मिति: सन् १९६९

ठेगाना: तिब्बती शरणार्थी (जाँचबुझ गर्न सकेन) -ekantipur

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*