जनतासँग माओवादी- तीन महिनासम्म नेपालभित्रका एउटा घर पनि नछाड्ने प्रचण्डको घोषणा
वेलकम खबर
साउन २१, २०८०
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने बताएका छन् ।पार्टी केन्द्रीय समिति बैठकको समापन गर्दै अभियानलाई लिएर सातवटा प्रदेशको ७ वटा वडामा आफू पनि पुग्ने बताए ।
जनताको एउटा घर पनि नछाडि जनताको गुनासो र आलोचना सुन्ने, सहिद परिवारको आफन्तलाई भेट्ने तीन महिले अभियान टुंग्याएर विधान सम्मेलनामा पुग्ने उनले उद्घोष गरे ।यस्तै, माओवादीले आइटी फोरम नेपाल’ सञ्चालन गर्न निर्णय पनि गरेको छ ।



















