सिरीजङ्घाको पहिरो पीडितलाई पनि वितरण गर्‍यो ताप्लेजुङ सरोकार केन्द्रले राहत रकम वितरण

वेलकम खबर
साउन २०, २०८०

ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले सिरिजङ्घा गाउँपालिकाका पहिरो पीडितलाई राहत रकम वितरण गरेको छ । शुक्रबार पालिकाको केन्द्र तेल्लोक र दुई नम्बर वडा खाम्दिम्बेमा पुगेर राहत रकम वितरण गरेको हो ।

पूर्ण रुपमा बिस्थापित ५ परिवारलाई जनही २५ हजारका दरले १ लाखा २५ हजार, आंशिक क्षति भएका ७६ घरलाई ६ हजारका दरले ४ लाख ५६ हजार गरि कुल ५ लाख ८१ हजार रुपैयाँ वितरण गरिएको सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले जानकारी दिनुभएको छ ।

राहत रकम सरोकार केन्द्रका अध्यक्ष श्रेष्ठ, महासचिव सन्तोष मादेन, उपमहासचिव तथा सहयोग सङ्लन समिति संयोजक मिङ्मा डण्डु लामा, सदस्य अनिल खड्का, गाउँपालिका उपाध्यक्ष डा चित्र माबो लगायतको उपस्थितिमा वितरण गरिएको हो।

केन्द्रले बिहिबार सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित परिवारलाई ८ लाखा ६७ हजार रुपैयाँ रकम पालिकाको केन्द्र साब्लाखु पुगेर वितरण गरिएको थियो ।त्यस्तै केन्द्रले शनिबार मौवाखोला गाउँपालिका पहिरो पीडितलाई राहत रकम हस्तान्तरण गर्ने केन्द्रले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*