केदारनाथ पहिरोमा १३ नेपाली बेपत्ता

जुम्लाका एकै परिवारका ७ सहित १० र हुम्लाका एकै परिवारका ३ जना
वेलकम खबर
साउन २०, २०८०

जुम्ला ।भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डनजिकै बिहीबार राति ठूलो वर्षासँगै खसेको पहिरोमा परी नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका छन् ।

केदारनाथ प्रवेश गर्ने मुख्य विन्दुमा पर्ने गौरीकुण्डमा पहिरोले नेपालीले सञ्चालन गर्दै आएका तीन होटल बगाएको छ । पहिरोमा परी जुम्ला पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका हुन् । तीमध्ये तीन नेपालीको शव शुक्रबार साँझ भेटिएको गौरीकुण्डस्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज कुलेन्द्रसिंह रावतले जानकारी दिए । उनीहरूको सनाखत भएको छैन ।केदारनाथ प्रवेश गर्ने मुख्य विन्दुमा पर्ने गौरीकुण्डमा पहिरोले नेपालीले सञ्चालन गर्दै आएका तीन होटल बगाएको छ । पहिरोमा परी जुम्ला पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका हुन् । तीमध्ये तीन नेपालीको शव शुक्रबार साँझ भेटिएको गौरीकुण्डस्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज कुलेन्द्रसिंह रावतले जानकारी दिए । उनीहरूको सनाखत भएको छैन ।स्थानीयका अनुसार चौरगाउँका ५० घरपरिवार अहिले मौसमी कामको खोजीमा उत्तराखण्ड पुगेका छन् । वडाध्यक्ष रावतले पाटनमा पाइने जडीबुटी लोप हुन थालेपछि कामको खोजीमा भारत पस्नु बाध्यता बनेको बताए । उनले भने, ‘गाउँका २ सय १९ घरधुरीमध्ये एक तिहाइ भारतमै होलान् ।’ वडाध्यक्ष रावतका अनुसार कुल्ली, स्याउ टिप्ने, बगैंचा रेखदेख गर्नेलगायत दैनिक ज्यालादारी कामको खोजीमा भारत पस्ने पुरानै चलन हो ।

पहिरोमा परेर पातारासीका १० जना बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले भारतमा काम गर्न जानेको विवरण संकलनका लागि प्रहरी परिचालन गरेको छ । डीएसपी प्रह्लाद कार्कीले डिल्लीचौर र तल्फी प्रहरी चौकीलाई तथ्यांक पठाउन भनिएको बताए ।

गृह मन्त्रालयले पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्रलाई पत्राचार गरेको छ ।

गृहले स्थानीय ‘हिलवाणी’ न्युज पोर्टलले केदारनाथ यात्रामार्गको गौरीकुण्ड डाटपुलियानजिक गएको बाढीपहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको समाचारलाई उद्धृत गर्दै समन्वयका लागि पत्राचार गरेको हो । ‘भारतको हिलवाणी अनलाइनमा बाढीपहिरोमा परी नेपालीसमेत बेपत्ता भएको समाचार प्रकाशित भएकाले उनीहरूको खोजी तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय गर्न आदेशानुसार अनुरोध छ,’ गृहले लेखेको पत्रमा भनिएको छ ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई भारत सरकारसँग समन्वय गरेर बेपत्ताको खोजतलास गर्नका लागि निर्देशन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदका अनुसार मन्त्रालयको भारतसमेत हेर्नर् ेदक्षिण एसिया महाशाखामार्फत दिल्लीस्थित नेपाली दूतावासलाई घटनाको पूर्ण जानकारी लिन निर्देशन दिइएको हो । उनले भने, ‘कति नेपाली छन् रु उनीहरूको उद्धार कसरी भइरहेको छ रु राहत मिलाउन र घटनाको पूर्ण जानकारी लिन निर्देशन दिएको छु ।’(भपबलतष्उगच

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*