प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

वेलकम खबर
साउन १८, २०८०

काठमाडौं-सरकारले विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।

बिहीबार बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनु भयो ।

अहिले हरिकृष्ण कार्की प्रधानन्यायाधीश हुनुहुन्छ। उहाँको साउन २० गते समयावधि सकिँदैछ। त्यसअघि नै परिषदको बैठकले श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरेको हो। श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश हुनेछन्।  संसदीय सुनुवाइबाट अनुमोदन भए उहाँ राष्ट्रपतिबाट प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*