रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

वेलकम खबर
साउन १८, २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय समितिको बैठक राख्ने भएको छ ।आज अपराह्न ४ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

रास्वपामा पार्टीको राजनीतिक दस्तावेजबारे छलफल जारी छ । पार्टीको नीति विभागले मस्यौदा गरेको दस्तावेजलाई अन्तिम रूप दिन रास्वपाले १७ सदस्यीय कार्यदल गठन गरेको छ ।

यस्तै रास्वपाले आगामी मंसिरमा पार्टीको पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा ३९ सदस्य छन्। रास्वपाको विधानमा भने केन्द्रीय सदस्यको संख्या १ सय २१ रहने भनिएको छ । बाँकी सदस्य मधेसी, जनजाति, पछाडि पारिएको क्षेत्र आदिबाट पूर्ति गरिने रास्वपाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*