माओवादीको केन्द्रीय समिति बैठक बस्दै, केन्द्रीय सदस्यले धारणा राख्ने

वेलकम खबर
साउन १८, २०८०

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बुधबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्नेछन् ।

बैठक सुरू भएको पहिलो दिन नै १८ जनाले धारणा राखेका थिए । बैठकमा हरेक केन्द्रीय सदस्यलाई पाँचरपाँच मिनेट समय दिइएको छ ।

बैठकमा खासगरी समसामयिक राजनीतिक विषय, विधान सम्मेलन, सरकारको कामकारबाहीको वियमा छलफल भइरहेको छ । केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदसदस्यहरू, आयोगका पदाधिकारी, प्रदेश पदाधिकारी सहभागी भएको बैठकमा पहिलो दिन बुधबार अध्यक्ष प्रचण्डले मौखिम प्रतिवेदन पेस गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*