कोशीमा निर्लज्जताको पराकाष्ठा, अधिनायकवादतर्फको यात्रा: हिक्मत कार्की

वेलकम खबर
साउन १७, २०८०

काठमाडौँ-कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको शपथ समारोहमा संविधान र सर्वोच्चको फैसलाको अनुसार व्यवस्थापन नभएको भन्दै आपत्ति जनाउँनु भएकाे छ। उहाँले यो कदमलाई ‘निर्लज्जताको पराकाष्ठा र अधिनायकवादतर्फको यात्रा’ भएको टिप्पणी गर्नुभयाे।

शपथ समारोहमा उहाँलाई पूर्वमुख्यमन्त्रीको रुपमा मात्र छुट्टै सिट तल व्यवस्थापन गरिएको थियो। निवर्तमान मुख्यमन्त्रीको रुपमा सिट व्यवस्थापन गरेर शपथपछि उक्त सिट नयाँ मुख्यमन्त्रीलाई हस्तान्तरण गर्ने प्रचनललाई पालना नभएकोमा कार्कीको असन्तुष्टी थियो। सर्वोच्चको फैसलाले थापाको यसअघिको नियुक्ति असंबैधानिक भनेपछि निवर्तमान मुख्यमन्त्री आँफै भएको कार्कीको जिकिर छ।

‘निर्लज्जताको पराकाष्ठा, के यो अधिनायकवादतर्फको यात्रा: आज कोशी प्रदेश प्रमुख कार्यालयद्वारा नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीलाई स्वीकार गरेनन्,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘यस घटनाबाट संविधानको सर्वोच्चता, कानुनी राजको उपहासमात्रै गरेनन्, सर्वोच्च अदालतको फैसला र हाम्रा अभ्यासहरूलाई कुल्चिएर स्वेच्छाचारिताको नमुना पेस गरेका छन्।’

मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका कोशी प्रदेशसभा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बुधबार अपराह्न पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । उहाँसँगै निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*