कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज शपथ लिने

वेलकम खबर
साउन १७, २०८०

काठमाडौ ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।

उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराउनेछन्।आज बिहान साढे १० बजे सपथ ग्रहण कार्यक्रम राखिनेगरी तयारी भएको कोशी प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए।

मुख्यमन्त्रीले आजै सानो आकारको मन्त्रपरिषद् गठन गरी नवनियुक्त मन्त्रीहरूलाई पनि शपथ गराउने तयारी छ।तर, बिहान ८ बजेसम्म पनि कतिजना र क- कसले शपथ लिने हो भन्ने विवरण मुख्यमन्त्री कार्यालयबाट प्राप्त नभइसकेको श्रेष्ठले बताए।

थापा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको समर्थनमा मंगलबार दोस्रोपटक कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए।

त्यसअघि बहुमत नजुटेपछि थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेपछि एमाले सर्वोच्च अदालत पुगेको थियो।

सर्वोच्चले थापाको मुख्यमन्त्री नियुक्ती बदर गरिदिएको थियो। त्यसपछि गौतमलाई मुख्यमन्त्रीबाट राजीनामा गराएर गठबन्धनले बहुमत पुर्‍याएपछि थापा पुन मुख्यमन्त्री नियुक्त भएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*