उद्धब २६ दिनमा दोस्रो पटक मुख्यमन्त्री, ३० दिन कटाउन कठिन विश्वासको मत प्राप्त गर्छु : मुख्यमन्त्री थापा

वेलकम खबर
साउन १६, २०८०

मोरङ ।कोशीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमको पनि समर्थनमा २१ असारमा मुख्यमन्त्री बनेका थापा २१औं दिनमा ११ असारमा सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका थिए । मंगलबार तीनै सभामुख गौतमलाई राजीनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री थापाले वर्तमान सरकारलाई बहुमत सदस्यको समर्थन रहेकाले विश्वासको मत प्राप्त हुने बताएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट मुख्यमन्त्रीको नियुक्ति पत्र प्राप्त भएपछि आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनमा विश्वासको मतका लागि कुनै समस्या नहुने बताए । मुख्यमन्त्री थापाले विश्वासको मतका लागि कुनै शङ्का उपशङ्का नगर्न आग्रहसमेत गरे ।

उनले सभामुखले राजीनामा दिएपछि प्रदेशसभा उपसभामुखले सञ्चालन गर्ने भएकाले बहुमत सदस्यको समर्थन आफूलाई रहेको प्रष्ट पारे । उनले वर्तमान गठबन्धन सरकार चार वर्ष सञ्चालन हुनेमा ढुक्क रहन र जनताको समृद्धिमा सरकारले कार्य गर्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री थापाले प्रदेशमा राजनीतिक गणितका कारण अस्थिरता रहेको चर्चा गर्दै मुख्य चुनौती भनेको दलभित्र बहुमत नरहनु नै समस्या रहेको विचार राखे । उनले भने, “प्रदेशमा नौ जना मन्त्री नियुक्त गर्ने जानकारी दिँदै मन्त्रीमा नयाँ र पुराना अनुहार रहने छन् ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*