सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन नगरे संसद् चल्न नदिने एमालेको अडान

वेलकम खबर
साउन १६, २०८०

काठमाडौँ। संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि नबढाए संसद् चल्न नदिने अडान कायम राखेको छ।

मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठकको तयारीका लागि बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा दलको अडान कायम राखेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिनु भयो।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको  क्वीन्टल बढी तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा उच्चस्तरीय छानबिन बनाउन एमालेले माग गर्दै आएको छ।

सो प्रकरणमा गृहमन्त्री, अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै एमालेले गत साउन १० गते बसेको प्रतिनिधि सभा बैठकमा अवरोध गरेको थियो भने साउन १५ गतेका लागि तय भएको बैठक एमालेको अडानका कारण सूचना टाँस गरेर स्थगित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*