कोशी प्रदेशमा सरकार गठनको दावी पेश गर्ने समय आज सकिँदै

वेलकम खबर
साउन १६, २०८०

काठमाडौं । कोशी प्रदेशमा नयँ सरकार गठनको दावी पेश गर्न प्रदेश प्रमखले दिएको समयसिमा आज सकिँदैछ । सभामुखको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका उद्धव थापाको नियुक्ती सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

मंगलबार साँझसम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री बनाउनुहुनेछ । तर,बहुमत जुटाउन भने दलहरुलाई कठिन भईरहेको छ । कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् ।

राप्रपालाई फकाएर सरकार बनाउने प्रयास बिफल भएपछि केन्द्रको सत्ता गठबन्धन अहिले प्रदेश सभामुख बाबुराम गौतमलाई राजिनामा गराएर बहुमत पुर्‍याउने रणनीतिमा छ । तर, सभामुख गौतम भने मुख्यमन्त्रीको टुंगो नलागेसम्म तत्काल राजिनामा नगर्ने मुडमा हुनुहुन्छ ।मंगलबार साझसम्म बहुमतको सरकार गठन हुन नसके प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्ने संभावना पनि रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*