सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने भट्टराईको चेतावनी

वेलकम खबर
साउन १४, २०८०

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले तत्काल सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिएका छन् ।

आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले सरकारले जसरी संसदलाई चलाउनुपर्ने हो, त्यसरी चलाउन नसकेको बताए । ७ महिनामा एउटा मात्र विधेयक पास हुनु लज्जाको विषय भएको भट्टराईले अगाडि भने, ‘संसदीय समितिका सभापतिहरु पनि एक महिनाभित्र चयन गर्ने अभ्यास हो, तर ३ महिनासम्म हुन सकेको छैन ।

’भागवण्डा नमिलेका कारण सभापति चयन हुन नसकेको भनेर समाचारहरु आइरहेको भन्दै उनले आफूहरुले कुनै बार्गेनिङ नगरेको बताए । ‘सत्ता गठबन्धनको असहमतिका कारण उत्पन्न भएको समस्याको भारी बोक्न चाहँदैनौं’ एमाले सचिव भट्टराईले भने, ‘केही सहमति बनेको छ, त्यसअनुसार जाऊँ । बनेको छैन संसदीय प्रक्रियामा जाऊँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*