कांग्रेस ताप्लेजुङले वितरण गर्यो मेहेले र सुरुम्खिमका पहिरो प्रभावितलाई राहत
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्बा गाउँपालिका ६ मेहेलेमा गत असार २ गते परेको अविरल वर्षाको कारण बाढीपहिरोमा परि ज्यान गुमाउनेका परिवार तथा प्रभावित भएकाहरुलाई नेपाली कांग्रेस ताप्लेजुङ र प्रदेश सभा सदस्य खगेनसिंह हाङ्गामको पहलमा संकलित राहत सामग्री वितरण गरिएको छ ।

सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेले र ७ सुरुम्खिमकासमेत १०३ प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको जानकारी हो । पहिरोका कारण पूर्णरुपमा विस्थापित परिवारलाई प्रतिपरिवार ३० केजी चामल, एक लिटर खानेतेल, एक केजी दाल, दुई केजी नुन र एक केजी चिउरा साथै एउटा साबुन वितरण गरिएको नेपाली काँग्रेस केन्द्रीय प्रचार विभाग सदस्य शिला इजम जानकारी दिनुभयो ।
त्यस्तै पहिरोको जोखिममा परेकालाई प्रतिपरिवार १५ केजी चामल, आधा लिटर खानेतेल, एक केजी, एक केजी चिउरा लगायतका सामग्री वितरण गरिएको समेत उहाँले बताउनुभयो ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, मेरिङ्देन गाउँपालिका अध्यक्ष डम्बर हाङ्गाम, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्की, प्रदेश कार्यसमिति सदस्य इन्द्र केदेम, नेपाल तरुणदल केन्द्रिय सदस्य उदय आङ्बुहाङ, नेपाल तरुणदल जिल्ला कार्यवाहक सभापति पृथ्वीमान पालुङ्वा लगायत अन्य जिल्ला सदस्य साथै नेपाल विद्यार्थी संघको उपस्थिति रहेको थियो । संयुक्त राहत वितरण कार्यक्रम खेबाङ र याम्फुदिनमा समेत रहेको काग्रेस सभापति तुम्याहाङले जानकारी दिनुभयो ।





















