युवा संघ सुनसरीले ताप्लेजुङको पहिरो पीडितलाई २५ क्विन्टल चामल
ताप्लेजुङ । राष्ट्रिय युवा संघ नेपाल सुनसरीले ताप्लेजुङका बाढी पहिरो पीडितका लागि २५ क्विन्टल चामल उपलब्ध गराएको छ । युवा संघ नेपाल सुनसुरीले पीडितका लागि उपलब्ध गराएको खाद्यन्न ताप्लेजुङ जिल्ला कमिटीलाई आज हस्तान्तरण गरेका छन् ।

ताप्लेजुङ र पाँचरको सिमाना काबेलीमा युवा संघ नेपाल सुनसरीका अध्यक्ष सुजन लामा, केन्द्रिय सदस्य दिवस राईले हस्तान्रण गर्नु भएको हो । यत्ता संघका ताप्लेजुङ उपाध्यक्ष मानिक तुम्बाहाङफे, केन्द्रिय सदस्य गोपाल न्यौपाने र एमाले जिल्ला कमिटी सदस्य अम्बिका नुगोले सो खाद्यन्न ग्रहण गरी पीडितलाई वितरणको तयारीमा लाग्नु भएको छ ।
युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेवेको पहलमा कोशी प्रदेशका विभिन्न जिल्लादेखि ताप्लेजुङका पहिरोबाट प्रभावित परिवारलई राहत संकलनको कार्य जारी रहेको बताइएको छ । सोही अनुसार झापाको दमकले लत्ताकपडा पनि तत्कालै उपलब्ध गराउने तयारी भईरहेको जनाइएको छ । यस्तै अन्य विभिन्न जिल्लाले उपलब्ध गराएको सामाग्री संकलन गरि करिब १ शाता भित्रै पहिरो प्रभावितसमक्ष पुग्ने गरी वितरणको तयारीमा लागिएको राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङले जनाएको छ ।

यता आईतबारदेखि नेपाली कांग्रेस ताप्लेजुङ र प्रदेश सभाका सदस्य खगेनसिंङ हाङगामको पहलमा संकलन गरिएको राहत सामाग्री वितरण गरिदैछ । ताप्लेजुङको सिरीजंघा र सिदिङबा गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई खाद्यन्न सामाग्री वितरणको तयारी भईरहेको नेपाली कांग्रेस ताप्लेजुङले जनाएको छ । संकलित राहत सामाग्री पहिरो प्रभावित क्षेत्रमै पुगेर हस्तान्तरण गरिने ताप्लेजुङका सभापति गजेन्द्र तुम्याहाङले जानकारी दिनुभयो । यसअघि पनि नेपाली कांग्रेस ताप्लेजुङले मैवाखोला गाउँपालिकाका पहिरो प्रभावित परिवारलाई खाद्यन्न सामाग्री प्रदान गरेको छ । सो पालिकाका १ सय १५ जना पीडित परिवारलाई करिब ५ लाख रुपैँया बराबरको खाद्यन्न सामाग्री वितरण गरेको जनाइएको छ ।



















