मैवाखोलामा पहिरो प्रभावितहरुका लागि एकिकृत बस्ती निर्माण कार्य तिब्र गतिमा

वेलकम खबर
साउन १३, २०८०

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिरोबाट विस्थापित भएकाहरुका लागि एकीकृत बस्ती निर्माण कार्य तिब्रगतिले अघि बढी रहेको छ ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले तीन दिनमा १५ वटा अस्थायी घर निर्माण भई सकेको बताउनुभयो । उहाँले निर्माण कार्य तिब्र गतिले अघि बढेको बताउदै यसलाई अझ प्रभावकारि र छिटो सम्पन्न गर्न मैवाखोलामा गठन तथा दर्ता भइ संचालनमा रहेका टोल बिकास सस्थाहरुको भुमिका महत्त्वपूर्ण भएकाले सबै टोलबिकास सस्थाहरुले आफ्ना सदस्यहरुलाई परिचालन गर्न अपिल समेत गर्नु भएको छ ।
उहाँले विपदको समयमा एक आपसमा सहयोग गरेर पैचो लगाई राख्न र भोलि आफुलाई पर्दा पनि विर्सने छैनन भन्ने सोचका साथ सहयोगमा जुटन मैवाखोलावासीसँग आग्रह समेत गर्नु भएको छ । उहाँले बाढी पहिरो पीडितहरुलाई स्थानान्तरण गर्न अस्थायी घर निर्माण कार्य स्वतस्फूर्त रुपमा सहभागी हुन र सो को लागि टोलबिकास सस्थाहरुले जनश्रमदानमा आउदा अध्यक्षसँग समन्वय गर्न समेत अनुरोध गर्नु भएको छ ।

उहाँले जोखिममा रहेका ओदक क्षेत्रका ६४ घर परिवारलाई मैवाखोला गाउँपालिका वडा नं ३ मा रहेको मदन भण्डारी रङ्गशालामा अस्थायी एकीकृत बस्ती बनाइ स्थानान्तरण गर्ने योजना रहेको बताउनु भयो ।

गएको असार २ गते राति आएको पहिरोका कारण ओदकका घर जोखिममा परेका हुन् । पालिकाले बस्ती निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्वेच्छिक रुपमा उपलब्ध गराउन आग्रह समेत गरेको छ ।अध्यक्षले एक घरको लागि काठलगायत विभिन्न सामग्री खरिद गर्दा करिब १ लाख ५० हजार रुपैयाँ खर्चिनु पर्ने बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*