एमालेसँग मात्र देश बनाउने भिजन छ: अध्यक्ष ओली

वेलकम खबर
साउन १३, २०८०

नेपालगन्ज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने भिजन एमालेसँग मात्रै रहेको बताउनु भएकाे छ।शनिबार नेपालगञ्जमा आयाेजित एमाले लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले देश बनाउने भिजन एमालेसँग मात्रै रहेकाले मुलुकमा अर्को कुनै विकल्प नरहेको बताउनुभयाे।

एमाले बाहेक देशलाई हेर्न र फेर्न सक्ने द‍ृष्टिकोण अरु कुनै पार्टीसँग नरहेको उहाँले बताउनुभयाे। एमाले मिसन २०८४ मा केन्द्रित रहेको भन्दै अध्यक्ष ओलीले यसलाई सफल बनाउँदै पार्टीकाे बहुमत आउने गरी तयारी गर्न निर्देशन दिनुभयो । उहाँले आगामी चुनावमा एमालेले एक्लै बहुमत ल्याएपनि एमालेको नीतिसँग सहमत हुने, विकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरुलाई सँगै लिएर अघि बढ्ने बताउनुभयाे।अध्यक्ष ओलीले अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएकाले सक्रिय र सतर्कतासाथ योजनबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*