मेची राजमार्ग यातायात सुचारु

मदन गौतम
साउन १२, २०८०

ताप्लेजुङ । फुङलिङ नगरपालिका–८ दोखुस्थित खोक्सेखोला नजिकको भीरमा खसेको सुख्खा पहिरोका अवरुद्ध बनेको मेची राजमार्ग खुलेको छ । पहिरो खसेर बिहीबार बिहान देखि अवरुद्ध बनेको मेची राजमार्गको पहिरो पन्छाएपछि यातायात सुचारु भएको हो ।
सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीका अनुसार करिव ३० मिटर दूरीभित्र पुरै सडक ढाक्नेगरी खसेको पहिरोले बिहीबार एकदिन पुरै मेची राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको थियो ।
पहिरो खसेर राजमार्ग अवरुद्ध बनेपछि बिहान सबेरैदेखि पहिरो हटाउने कार्यमा निरन्तर जुटेसँगै राति ९ बजेसम्ममा अवरुद्ध पन्छाउन सफल भएको सुपरभाइजर उप्रेतीले बताउनुभयो ।
उहाँका अनुसार पहिरो पन्छाएर सडक खुलेसँगै दिनभर रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतिर लागेका थिए । ताप्लेजुङ भित्रने सवारी साधन सदरमुकाम फुङ्लिङतर्फ प्रवेश गरेका छन् भने यहाँबाट बाहिरिने यातायातका साधनहरु गन्तव्यतिर लागेका थिए ।
सडक अवरुद्ध भएका कारण जिल्लाकै पूर्वी क्षेत्र सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका लागि छुटेका सवारी साधन र जिल्ला बाहिर चल्ने लामो दूरीका सवारी साधन खोक्से क्षेत्रमै दिनभर रोकिएका थिए । पहिरोले सवारी आवागमन ठप्प भएर दिनभर बीच बाटोमै रोकिनुपर्दा गन्तव्यमा पुग्न नपाएका यात्रुहरु बिजोग भएका थिए । यात्रुहरुले सडक खुल्ने आशामा दिनभर पहिरो खसेकै क्षेत्रमा रहनुपरेको थियो । तर आज विहान देखि सवै गन्तब्यमा सवारी गएका छन । भने सदरमुकामबाट पनि सवारी साधन गन्तब्य तर्फ लागेको बस तथा ट्रयाक्सी काउन्टरले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*