पाँचथर ट्याक्सी दुर्घटनामा निधन भएका ताप्लेजुङका वनेम,घाईते ६ जनालाई थप उपचारको लागि झापा रेफर

वेलकम खबर
साउन ९, २०८०

ताप्लेजुङ । मेची राजमार्ग स्थित पाँचथरको फिदिम २ कृष्ण मन्दिर नजिकै आज दिउसो भएको ट्याक्सी दुर्घटनामा निधन भएको ब्यक्तिको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा ताप्लेजुङ मैवाखोला १ खोलाखेत अन्तरे को छोरा जितेन्द्रमणि बिक्रम वनेम रहेको प्रहरीले जनाएको छ ।  वनेम काठमाडौबाट घर फर्कर्ने क्रममा फिदिममा ट्याक्सी दुर्घटनामा परी निधन भएको हो घाइते १३ जना मध्ये ६ जनालाई थप उपचारको लागी पाँचथर अस्पतालबाट झापाको बिर्तामोड रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

रेफर हुनेहरुमा काठमाण्डौ बल्खुकी २० वर्षिय मिना लिम्बु र पाँचथर फिदिम नगरपालिका १० की सबिना बिक, फाल्गुनन्द गाउँपालिका ३ पाँचथरका ३५ वार्षिय राम नेम्बाङ,ताप्लेजुङ मिक्वाखोला ५ कि २६ वर्षिय केसिपिमा शेर्पा,पतन्जाी गाउँपालिका कालिकोटका २३ वर्षिय सुमन खड्का र सवारी चालक इलाम दानबारी ८ का २६ वर्षीय अर्जुन बिक लाई थप उपचारको लागी झापा रेफर गरिएको प्रहरीले जनाएको छ । बाँकी घाइतेहरुको उपचार पाँचथर अस्पतालमा भइरहेको छ ।झापाबाट फिदिम तर्फ आउदै गरेको मे १ ज १९४१ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*