दुई सय बढी सुत्केरीलाई पोसिलो खानेकुरा खुवाउदै पालिका

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सुत्केरी आमालाई पोषिलो खानेकुरा उपहार दिन थालेको छ । आठराई त्रिवेणी गाँउपालिका रहेको करिब दुई सय भदा बढी सुत्केरी आमाहरुलाई पोषिलो खाना खाने बानी बसाउन उपहार दिन थालेको हो ।
आमा र बच्चाको स्वास्थ्य राम्रो होस भन्ने उद्देश्य राखेर गाउपालिकाले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम मार्फत प्रत्येक वडामा पुगेर पोषणयुक्त खानेकुरा सहितको झोला वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू लिम्बूले जानकारी दिनुभयो । झोलामा सुत्केरीलाई घिऊ, अण्डा, चना, मटर लगायतका आठ प्रकारका पोषिलो खानेकुरा सहितको प्याकेज रहेको पालिका उपाध्यक्ष शान्ता आङबुहाङले जानकारी दिनुभयो ।
‘आमा र बच्चालाई निरोगी बनाउने र मातृ तथा बाल मृत्यूदरलाई न्यूनिकरण गर्ने पालिकको योजना अनुसार यो कार्यक्रम अघि बढाएको अध्यक्ष पोमुले बताउनुभयो । । सोही अनुसार यस आर्थिक वर्ष देखि वडा–वडामा पुगेर पोषण सामग्री वितरण ’ गाउँपालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो ।
‘सुत्केरी अवस्थामा पोषणयुक्त खाना तथा आमा र बच्चाको स्याहारका बिबिध आयामबारे जानकारी गराउँदै नागरिकको चेतनास्तरलाई माथि उकास्ने पालिकाको नीति अनुसार कार्यंक्रम रहेको उपाध्यक्ष आङ्बुहाङले बताउनुभयो ।
विहिवार वडा १ निघुरादिनबाट अध्यक्ष पोमुले सुत्केरी सँग उपाध्यक्ष कार्यक्रमको शुरुवात गर्नु भएको कार्यक्रम वडा नं २ फुलवारी हुँदै वडा नं आज (शुक्रवार) ४ र ५ चाँगेमा र वडा नं ३ हाङपाङमा केन्द्रित हुने छ । सुत्केरीलाई घीउ, अण्डा, चना, मटर सहितका पोषणयुक्त खानेकुराको प्याकेज करिब ४ लाख बराबरको रहेको छ ।