स्वास्थ्य चौकीको भवन उद्घाटन, जग्गादातालाई सम्मान

वेलकम खबर
असार २७, २०८०

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिकाले वडा २ फुलवारीमा रहेको स्वास्थ्य चौकी चोकपुरलाई निशुल्क जग्गा प्रदान गर्ने समाजसेवीहरुलाई सम्मान गरेको छ ।नवनिर्मित भवनको आज (बुधवार )पालिका अध्यक्ष दिपेन्द्र पोमुले उद्घाटन गदै जग्गादाताहरुलाई सम्मान गरेको हो ।

२०५४ सालमा स्थापना भएको र पुरानो भवनमा संचालित चोक्पुर स्वास्थ्य चौकी नयाँ भवन बनेसँगै  स्वास्थ्य सेवा पनि सहज हुने अध्यक्ष पोमुले बताउनुभयो । उद्घाटन कार्यक्रममा पालिका उपाध्यक्ष शान्ता आङ्बुहाङ,प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर भट्टराई,वडा अध्यक्षहरु १ नं वडाका राम पाठक, वडा नं ४ का अध्यक्ष अर्जुन लिम्बू ५ का अध्यक्ष लक्षुमन राई कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थिया भने कार्यक्रमको अध्यक्षता फुलवारीका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष टेकिन्द्र सेन्दाङले गर्नु भएको पालिकाले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु