संसदीय दलको बैठकमा ओलीको ब्रिफिङ- प्रधानमन्त्रीले गल्ती स्वीकारे, संसद खोलेर जाऔं

वेलकम खबर
असार २५, २०८०

काठमाडौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘गल्ती स्वीकार’ गरेपछि संसद खोलेर जान उपयुक्त हुने निश्कर्षमा पुगेको ब्रिफिङ गरेका छन्।

आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि ओलीले त्यसबारेमा जानकारी दिन दलको बैठक राखेका थिए।

लको बैठकमा सांसदहरूलाई जानकारी दिँदै ओलीले प्रधानमन्त्रीले गल्ती ‘रियलाइज’ गरेकोले आजको संसदमा उनको सम्बोधन सुन्नेगरी सहमति बनेको ब्रिफिङ गरेका हुन्।

‘प्रधानमन्त्रीले रियलाइजेसन गरेपछि संसद खोलेर जानेगरी सहमति भएको कुरा बैठकमा बताउनुभयो,’ सांसद सुनिता बरालले  भनिन्, ‘आजको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ, हामी सुन्छौं।’

एमालेले आइतबार संसद् खोल्ने सहमति गरेपनि पछि नयाँ सर्त अघि सारेको थियो। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति र प्रेस सल्लाहकार गोविन्द आचार्यले निकालेको विज्ञप्ति सच्चिनुपर्ने सर्त राखेको थियो।

त्यसबारे प्रधानमन्त्री प्रचण्डले आफूसँग सल्लाह नगरी विज्ञप्ति निकालिएको ओलीलाई बताएका छन्।‘स्टेटमेन्ट मसँग सल्लाह नगरी निकालिएछ। यसै विषयलाई लिएर विवाद तन्काउनु राम्रो होइन,’ प्रचण्डले बैठकमा राखेको भनाई उदृत गर्दै ओलीले सांसदहरूलाई सुनाए, ‘प्रधानमन्त्रीले रियलाइज गरेपछि हाम्रो उद्देश्य पनि संसद रोक्नु होइन। अब संसदमा प्रधानमन्त्री बोल्नुहुन्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*