ताप्लेजुङ फुङलिङमा एक महिला मृत अवस्था फेला
वेलकम खबर
असार २४, २०८०

ताप्लेजुङ ।ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ३ मा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । फुङलिङ ३ हेलिप्याडको शसस्त्र प्रहरी चेक पोईन्ट देखि करिब १० मिटर मुनि मृत अवस्थामा भेटिएको प्रहरी जनाएको छ ।
मृत हुनेमा फुङलिङ वडा नं ७ निवासी ४४ वर्षिय धनकुमारी लिम्बु रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले लडेर मृत्यु भएको आशंका गरेपनि के कारणबाट मृत्यु भएको भन्ने बारेमा खुल्न नसकेको र घटनाको अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभएको छ ।