किराँत लिम्बू संघले राष्ट्रिय राजनीतिक सवालमा अन्तक्रिया गर्दै

वेलकम खबर
असार २४, २०८०

काठमाडौ । नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक किराँत लिम्बू संघले राष्ट्रिय राजनीतिक सवालमा अन्तक्रिया गर्ने भएको छ ।
आउदो असार ३१ गते आईतवार काठमाडौमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा एमाले सम्बद्ध लिम्बू समुदायकाको बीच अन्तक्रिया गर्न लागेको हो ।

सो अन्त्रक्रियामा प्रतिनिधिसभा सदस्यहरु, प्रदेशसभा सदस्यहरु, पुर्व सांसदहरु, पार्टी केन्द्रीय कमिटीका नेताहरु, कोशी प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, सम्पर्क समन्वय कमिटीका पदाधिकारी तथा सदस्य, सम्पर्क मञ्च पदाधिकारी तथा सदस्य तथा नेकपा एमाले सम्बद्ध अन्य लिम्बु अगुवा लिम्बूको उपस्थिति रहने आयोजक समितिले जनाएको छ । सो कार्यक्रम काठमाडौको बागबजारमा रहेको हार्दिक होटलमा दिउसो १ बजे देखि शुरु हुने लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेपौले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*