कांग्रेस र प्रदेशसभा सदस्य हाङ्गामद्धारा पहिरो पीडितलाई राहत वितरण
ताप्लेजुङ । असारको पहिलो सातामा गएको बाढी र पहिरोबाट प्रभावित भएका ताप्लेजुङ मैवाखोला गाँउपालिकाका पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ ।
नेपाली कांग्रेस ताप्लेजुङ र प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामको पहलमा संकलित राहत सामाग्री शनिबार वितरण गरिएको हो । बाढी र पहिरोबाट प्रभावित नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्र तुम्याहाङ, प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामले मैवाखोला गाउँपालिकाका एक सय १४ घर परिवारलाई राहत सामग्री वितरण गर्नु भएको हो ।
नेपाल काग्रेस ताप्लेजुङका सभापति तुम्याहाङले मैवाखोला ४ ओदक र ताम्राङका बाढी पहिरो पीडितहरुलाई राहत वितरण गरेको बताउनुभयो ।

प्रदेश सभाका सदस्य हाङगाम, नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङबी हाङगाम (डम्बर) मैवाखोला गाउँपालिकाका उपाध्यक्ष वनेम, वडाध्यक्षहरु, कंगे्रस ताप्लेजुङका अन्य पदाधिकारी, सदस्य, भातृसंगठन तेपाल तरुणदल, नेपाल विद्यार्थी संघका पदाधिकारी लगाययतको उपस्थितिमा खाद्यन्न सामाग्री वितरण गरिएको नेपाली कांग्रेस ताप्लेजुङले जनाएको छ ।

प्रत्येक परिवारलाई चामल २५ केजी, दाल, चिनी, नुन २–२ केजी, खानेतेल १ लिटरका दरले प्रदान गरिएको हो । यस्तै नुहाउने तथा लुगा धुने साबुन लगायतका सामाग्री पनि उपलब्ध गराइएको बताइएको छ । जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङका अनुसार स्थानीय सरकारका प्रतिनिधि मैवाखोला गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी वनेमको रोहबरमा सामाग्री हस्तान्तरण गरिएको हो ।

सभापति तुम्याहाङले नेपाली कांग्रेस जनताको दुख सुखमा सगै सगै रहेकोले बाढी पीडितहरुलाई थोरै भएपनि राहत वितरण गरेको बताउनुभयो ।पहिरो प्रभावित परिवारलाई करिब ५ लाख रुपैँया बराबरको खाद्यन्न सामाग्री वितरण गरिएको छ ।




















