म वा मेरै पुस्ताको प्रधानमन्त्री चाहिन्छ देशले मुक्ति पाउनः गगन थापा

वेलकम खबर
असार २३, २०८०

काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए ।

उनले नेपालमा अर्को प्रधानमन्त्री को बन्दै छ भन्ने कुरा सबै नेपालीहरूलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्ने कुरा रोक्न सक्नुपर्ने बताए। उनले आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने बताए। उनले आफू संसदीय दलको नेता बदल्ने कुरामा नथाकेको पनि बताए ।

उनले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नेकुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागिपर्ने जिकिर गरे । महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभइ २०८० र २०८१ को सुरु गर्न जरुरी रहेको उल्लेख गरे। सबै पार्टीहरू मिसन २०८४ मा लागेकाले कांग्रेसल यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*