मुख्यमन्त्री नियुक्तिविरूद्ध एमालेकाे रिटमा आइतबार पेशी

वेलकम खबर
असार २२, २०८०

काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै परेको रिट निवेदनको पेशी आइतबारलाई तोकिएको छ ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीको तर्फबाट सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइमा लागि आइतबार पेशी तोकिएको हो ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ले बिहिवार गर्नुभएको मुख्य मन्त्रीको नियुक्ति नेपालको संविधानको ठाडो उल्लंघन भएको भन्दै कार्की तर्फबाट शुक्रबार सर्वोच्च अदलतमा रिट दर्ता भएको नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेबतीरमण भण्डारीले बताउनुभयो ।

रीटमा कोशी प्रदेशका प्रदेश प्रमुखलाई विपक्षी बनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*