ताप्लेजुङमा महिलालाई उद्यमी बनाउन अल्लो प्रवद्र्धन तालीम

वेलकम खबर
असार २०, २०८०

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले महिलाहरुलाई आय आर्जनमा सम्लग्न गराई उद्यमी निर्माण गर्ने उद्देश्यले अल्लो प्रवर्द्धन गर्न तालिम सञ्चालन गरेको छ ।
मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुमा गाउँपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत स्थानीय महिलाहरूको सहभागितामा अल्लोको धागो बनाउने तालिम सञ्चालन गरिएको हो ।
मैवाखोलामा प्रसस्त भएको अल्लोलाई सदुपयोग गर्दै गाउँपालिकाको बिशिस्ट पहिचानको रुपमा अल्लोलाई प्रबर्द्धन गर्ने लक्ष्य अनुसार यसबर्स २७ जनालाई धागो उत्पादन सम्बन्धि तालिम उपलब्ध गराईएको गाँउपालिका अध्यक्ष विजय वनेमले बताउनुभयो ।अल्लोको धागो बनाउने ९उत्पादन गर्ने० आधारभूत सीप सिकाउने गरी आयोजना गरिएको सात दिने तालिम बुधबार सम्पन्न भएको अध्यक्ष वनेमले बताउनुभयो ।

तालिममार्फत १० महिलाले अल्लोको धागो बनाउने सीप सिकेका मैवाखोला गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो । प्रशासकीय अधिकृत गोम्देनका अनुसार चालु आर्थिक वर्षभित्र गाउँपालिकाका विभिन्न वडामा गरी २७ जनालाई अल्लोको धागो उत्पादन सम्बन्धी तालिम प्रदान गरिएको छ ।
तालीम पश्चात अल्लो धागो उत्पादनको तालिमसँगै सहभागीलाई धागो बनाउने प्रविधि मेसिन (चर्खा) पनि वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*