नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ, पति फरार

वेलकम खबर
असार २०, २०८०

जनकपुरधाम। नक्कली नागरिकता लिएको आरोपमा एक जना उपमेयर पक्राउ परेकी छिन्। कीर्ते कागजात पेस गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मिराकुमारी यादव पक्राउ परेकी हुन ।

उनलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो। बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरी कार्यालयले जानकारी दिएको छ। उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा उपमेयर यादवविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

उपमेयर मीरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका वडा न.– ४ का कृष्णकुमार यादव उजुरी लिएर प्रहरीकामा पुगेका थिए। तर प्रहरीले उजुरी नलिएपछि यादवले उच्च अदालतमा उजुरी दिएका थिए।

रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो। उपमेयर यादवका पति महेन्द्र भने फरार छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*