एमालेको अवरोधपछि प्रतिनिधिसभा आधा घण्टाका लागि स्थगित

वेलकम खबर
असार २०, २०८०

काठमाडौ । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै संसद अवरोध गरेको छ।एमालेको अवरोधपछि प्रतिनिधि सभा आधा घण्टाका लागि स्थगित भएको छ। प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैचोटी दिल्ली पुगेको भन्ने विषय देशको सार्वभौमिकता र राष्ट्रियताविरुद्ध रहेको भन्दै एमालेले संसद अवरोध गरेको हो।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ एमाले नेता रघुजी पन्तले प्रधानमन्त्री प्रचण्ड ‘लेन्डुप दोर्जेको नयाँ संस्करण’ बनेको भन्दै राजीनामा दिनुपर्ने बताए।

उनी बोलेपछि एमाले सांसदहरुले रोष्ट्रम घेरेर नाराबाजी गरेका थिए। तयसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*