डाईभर्सन पुल बनेसगै आजदेखि मेची राजमार्गमा सवारी सञ्चालनमा
काठमाडौ । मेची राजमार्ग स्थित हेवाखोलामा सवारीसाधनको सहज आवतजावतको शुरु भएको छ । हेवाखोला माथिको डाईभर्सन पुल निर्माण कार्य आजै (सोमवार) विहान सम्पन्न भएपछि मेची राजमार्ग संञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
डाईभर्सन पुल निर्माण सगै सवारी साधनहरु पूर्ण रुपमा सञ्चालनमा आएको हो । प्रहरीले मेची राजमार्गमा हुने यातायात संञ्चालनको सम्बन्धमा आधिकारीक सूचनाको आधारमा मात्र यात्रा गर्न हुन र सो सम्बन्धमा केही जानकारी लिनुपरेको अवस्थामा पाँचथर जिल्लामा रहेका हाईवे स्थितका प्रहरी कार्यालयहरु मार्फत सूचना लिनका लागि पनि सवैलाई जानकारी गराईएको छ । गत ३ गते देखि अबरुद्ध भएको सडकफिदिम नगरपालिका ४ र हिलिहाङ ७ लाई जोडने हेवाखोलाका पूल बगाएपछि पटक पटक डाईभर्सन बनाउदा पनि बाढीले बगाएको बगाएकै छ भने सोही खोलाम बेलिव्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।बाटो अवरुद्ध हुदाँ ताप्लेजुङमा भने खाद्यान्न अभाव शूरु हुन थालेको थियो ।


तस्विर :प्रहरी कार्यालय पाँचथर



















