कांग्रेसले असार २१ गते जिल्ला सभापतिहरूको भेला गर्ने

वेलकम खबर
असार १७, २०८०

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापतिको भेला डाकेको छ । असार २१ गतेका लागि जिल्ला सभापतिहरुको भेला डाकिएको कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । ‘नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि अन्तक्रिया÷छलफल गर्न भेला डाकिएको हो,’ कार्यवाहक मुख्य सचिव पराजुलीले जानकारी दिए ।

भेला केन्द्रीय कार्यालय सानेपामा हुने छ । कांग्रेसले सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ । विगतमा महाधिवेशन नजिक वितरण र नवीकरण हुने हुँदै आएको थियो । यसपटकदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तल्लो तहलाई परिपत्र गरेर सदस्यता वितरण गर्न निर्देशन दिइसकेका छन् । गत सातादेखि अनलाइनबाट सदस्यता लिन सकिने व्यवस्था गरिएको छ । साथै, वडा तहले क्रियाशील सदस्यता नवीकरणको कार्य जारी राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*