कोशीमा नयाँ सरकार गठनको आह्वान, प्रदेश प्रमुखले दिए ५ दिन समय

वेलकम खबर
असार १७, २०८०

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको म्याद दिएका छन् ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) वा उपधारा (३) बमोजिममध्ये कुन उपधाराको आधारमा मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्नको लागि राजनीतिक दलहरुलाई दाबी पेश गर्न आह्वान गरेका प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा शुक्रबार विश्वासको मत नपाएपछि कोशीमा नयाँ सरकारको प्रक्रिया सुरु भएको हो । कोशी प्रदेशमा एमाले ठूलो दलको हैसियतले फेरि पनि सरकार प्रक्रियामा दाबी गर्ने पक्षमा रहेको बताइएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*