मैवाखोला समाज ताप्लेजुङमा त्रिवेणी
ताप्लेजुङ । मैवाखोला समाज ताप्लेजुङ काठमाडौको दोस्रो अधिवेसनबाट त्रिवेणी चोङबाङको अध्यक्षतामा नयां कार्य समिति चयन गरेको छ ।
काठमाडौमा शनिवार सम्पन्न दोश्रो अधिवेशनले उपाध्यक्षहरुमा योगेन्द्र नेयोङ,बुद्धिमान परियार,प्रेमहाङ वनेम र खगेन्द्र बरुम्हाङ हुन भएको छ भने महासचिवमा कृष्ण तेम्बे सचिवमा कुलबहादुर मगर र कोषाध्यक्षमा पारू कुरुम्बाङलाई चयन गरेको हो । सो समितिको सदस्यहरुमासरोज भट्टराई, एलिसा वनेम,सिमरन वनेम,कोवित भट्टराई, विपिन वनेम, दुर्गा परियार, किरण नेयोङ,दिपा परियार र पेमा किमु शेर्पा चयन गरेको हो ।
सो अधिवेसनका प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले मैवाखोला विकासका लागि जुटन सवैलाई अनुरोध गर्नु भएको थियो ।



















